काठमाडौं, २५ भदौ - संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले
यथास्थितीमा सरकारसँग वार्ता हुनै नसक्ने टिप्पणी गरेका छन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता समेत रहेका यादवले तराईको
नरसंहार नरोकेसम्म वार्ता नहुने स्पष्ट पारेका हुन् । शुक्रबार शीर्ष
नेताहरुले वार्ताका लागि भन्दै दुई दिनलाई संविधान प्रक्रिया स्थगन गरेका
छन् ।
तर, मधेसी मोर्चाका एक हिस्सेदार यादवले भने तीन दलले गरेको वार्ताको
आव्हानलाई मजाक भन्दै कुनै हालतमा वार्ता नहुने बताएका हुन् ।
उनले सेना फिर्ता, विगतमा भएका सहमति कार्यान्वयन र संविधान निर्माणको
प्रक्रियालाई दश दिन रोके मात्रै वार्तामा बस्ने शर्त दोहोर्याए ।
मधेशमा सरकार नरसंहारमा उत्रिएको उनको आरोप छ । शुक्रबार बिहान महोत्तरीको
जलेश्वरमा सशस्त्र प्रहरीका असई थमनबहादुर विकलाई मधेसी मोर्चाका
आन्दोलनकारीले लखेटीलखेटी मारेको घटनामा उनले आफूलाई दुःख लागेको बताए ।
‘आन्दोलनकारी होस् वा सुरक्षाकर्मी, प्रहरी कसैको ज्यान जानु राम्रो होइन ।
मलाई यो घटनामा दुःख लागेको छ ।’

No comments:
Post a Comment