काठमाडौं , २६ भदौ । वैशाख १२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त धरहरा फेरि निर्माण गर्ने कि नगर्ने भन्नेबारेमा नागरिकबीच चासो बढ्दै गएको छ ।
‘धरहरा बनाउने कि नबनाउने रु’ भन्ने विषयमा सोसाइटी अफ नेपलिज आर्किटेक्ट ९सोना०ले शुक्रबार गरेको कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ तथा पदाधिकारीले तीन फरक धारणा व्यक्त गरे ।
कार्यक्रममा धरहरा फेरि त्यही स्थानमा बनाउनु पर्ने र भूकम्पप्रतिरोधी हुनुपर्ने धारणा एक थरीले व्यक्त गरेका थिए भने अर्का थरीले सुन्धारास्थित हालको अवस्था संरक्षण गर्नु पर्ने र अर्को स्थानमा धरहरा बनाउन सकिने बताएका थिए ।
यस्तै हालको स्थान संरक्षण गरेर राख्ने र धरहरा कतै पनि बनाउनु नपर्ने धारणा पनि आएको थियो ।
No comments:
Post a Comment