येस वेबसाईटमा तपाईहरुले सधै नँया र रोचक खबर पढ्न सक्नु हुन्छ ताजा ताजा खबर पढ्नको लागि यो वेबसाईटमा आउन सक्नु हुन्छ
Friday, September 18, 2015
एउटी किशोरी भन्छिन्- म पोर्नस्टार बन्न चाहन्छु
एउटी किशोरी भन्छिन्- म पोर्नस्टार बन्न चाहन्छु
- शिव मुखिया
आश्विन १, २०७२-
म पोर्नस्टार बन्छु ।’ काठमाडौंबाट ६ सय ८० किलोमिटरको दूरीमा अवस्थित कञ्चनपुर, भासी निवासी एउटी किशोरीको यही स्वीकारोक्तिले अहिले हंगामा मच्चाएको छ । उनको नाम हो– अर्चना पनेरु । उमेर– १७ वर्ष ।
अर्चना भन्छिन्– ‘मलाई नेकेड फोटोसुट गर्न मन लाग्छ । किनभने म भविष्यमा पोर्नस्टार बन्नेछु, सनी लियोनी जस्तै ।’ उनले भनिनन् मात्र, सेमी न्युड फोटोसुटसमेत गराइन् र फेसबुकमा अपलोड गरिन् । स्तन र यौनाङ्ग कृत्रिम फूलको थुङ्गाले छोपिएका, स्तनलाई दुवै हातले छोपेका, पेन्टी र ब्रा मात्र लगाएका ती तस्बिर क्षणभरमै इन्टरनेटमा भाइरल भए । सुनियोजित ढंगले न्युड फोटोसुट सार्वजनिक गरिएको यो दुर्लभ घटना हो, नेपाली परिवेशमा । यसलाई रिभुलेसन मान्ने कि, उच्छृंखलता ? समाज रनभुल्लमा छ ।
अनौठो त के भने, उक्त फोटोसुट आमा सुनिताले गरेकी थिइन् । नेपाली समाजमा सुनिता यस्ती आमा हुन्, जसले छोरीलाई ‘पोर्नस्टार बनाउने’ सपना बुनेकी छिन् । साप्ताहिकसँग टेलिफोन कुराकानीमा सुनिताले भनिन्– ‘हरेक छोराछोरीको इच्छा पूरा गरिदिनु उनीहरूका आमाबुबाको कर्तव्य हो । मेरी छोरी पोर्नस्टार बन्न चाहन्छे । म उनको यो इच्छा पूरा गरेरै छाड्छु ।’ सुनिताकै डिजाइनमा छोरी अर्चनाको न्युड फोटोसुट भएको थियो, आफ्नै घरमा । फोटोग्राफीमा रुचि भएकी सुनिताले सनी लियोनीको तस्बिर हेर्दै फोटो खिचेको बताइन् । उनलाई लाग्छ– यो एक किसिमको ‘आर्ट एन्ड इन्टरटेनमेन्ट’ नै हो, जसको विश्वमा सदियौंदेखि अभ्यास हुदैं आएको छ । नेपाली परिवेशमा नौलो लागे पनि पश्चिमी समाजले यसलाई सिर्जनाकै रूपमा लिएको छ ।
एउटी किशोरीको नग्न तस्बिरसँगै ‘पोर्नस्टार बन्ने’ उद्घोषले एउटा नयाँ बहस पनि सिर्जना गरेको छ । यो विषयलाई नेपालको कानुनले समेत सम्बोधन नगरेको जनाउँदै जानकारहरूले यो फरक र अप्ठ्यारो मुद्दा भएको बताएका छन् । ‘यो एकदमै नयाँ इस्यु हो,’ अधिवक्ता ज्योति पौडेल भन्छिन्– ‘यो विषयमा कानुन पनि स्पष्ट छैन ।’
कुनै पनि व्यक्तिले आफ्नो इच्छाबमोजिमको करियर रोज्न पाउनु उसको ‘वैयक्तिक स्वतन्त्रता’ भएको ठम्याइ छ– महिला अधिकारकर्मी मेनुका थापाको । थापा भन्छिन्– ‘ जोकसैलाई आफ्नो इच्छापूर्ति गर्न पाउने अधिकार हुन्छ ।’ यद्यपि समाजसँग जोडिएका विषयमा भने व्यक्तिको इच्छामात्र सर्वोपरि नहुने थापाको बुझाइ छ । ‘यस्तो कुराको निर्णय समाजले गर्ने हो,’ थापा भन्छिन्– ‘किनभने यसवाट प्रत्यक्ष रूपमा समाज नै प्रभावित हुन्छ ।’
अर्चनाविरुद्ध सामाजिक विचलन ल्याएको आरोप समेत लागेको छ । ‘उनको गतिविधिले आफ्ना छोराछोरीमा नकारात्मक असर पर्ने भन्दै अभिभावकहरूले चिन्ता व्यक्त गरेका छन्,’ कन्चनपुर जिल्ला प्रहरी, महिला सेलकी प्रहरी नायव नीरिक्षक डम्मरकला कार्की भन्छिन्– ‘यो समाज र कानुनविरुद्धको काम भयो ।’
अर्चनाले आफ्नो फेसबुकमा तस्बिर सार्वजनिक गरेलगत्तै उनलाई विद्यालयवाट निष्कासन गरियो । उनी कन्चनपुरकै लिटिल बुद्ध एकेडेमीमा कक्षा १० मा अध्ययनरत थिइन् । अर्कातिर ‘नग्न तस्बिरका कारण समाजमा असर पुगेको’ भन्दै कन्चनपुर प्रहरीमा परेको उजुरी दर्ता भयो । त्यसकै आधारमा कन्चनपुर जिल्ला प्रहरी कार्यालय, महिला सेलले आमा सुनिता तथा छोरी अर्चनालाई पक्राउ गरी सोधपुछ गर्यो । प्रहरीले यस्तो काम ‘साइवर क्राइम’ भएको जनाउँदै अबदेखि गल्ती नदोहोर्याउन खबरदारी गर्यो । यद्यपि आमा सुनिताले आफ्नो ढिपी छाडिनन् । उनले जस्तोसुकै बाधा, अड्चन सहेर भए पनि ‘छोरीलाई पोर्नस्टार’ बनाउने बताइरहिन् ।
पोर्नस्टार बन्ने अर्चनाको आफ्नै रहर हो कि आमाको ? मनोविज्ञ करुणा कुँवर भन्छिन्– ‘कतिपय अवस्थामा आमाबुबाले आफूले पूरा गर्न नपाएको इच्छा छोराछोरीले पूरा गरेको हेर्न चाहन्छन् ।’ यही मनोविज्ञानका कारण सुनितामा छोरीलाई पोर्नस्टार बनाउने रहर पलाएको हुनसक्छ । यदि यो सत्य हो भने त्यसले राम्रो नतिजा नदिने मनोविज्ञ कुँवरको भनाइ छ । आफ्नी आमामा पनि सानैदेखि कलाकार बने रुचि भएको अर्चनाले बताएकी छिन् ।
यता सुनिताचाहिँ कसैको इच्छामाथि समाजले तगारो लगाउन नहुने तर्क गर्छिन् । हरेकले आफ्नो इच्छाअनुसारको करियर रोज्न पाउनु उसको नैसर्गिक अधिकार भएको सुनिताको धारणा छ । ‘हामीले कुनै गलत काम गरेका छैनौं, कसैको हत्या गरेका छैनौं,’ सुनिता भन्छिन्– ‘यो कुनै अपराध होइन । अर्चना नाबालिक भएकाले उनले गर्ने कुनै पनि कुकृत्यको जवाफदेही उनका अभिभावकहरू हुनुपर्ने विज्ञहरूको भनाइ छ ।
अर्चनाले पोर्नस्टार बन्ने आफ्नै रुचि भएको बताएकी छिन् । ‘यो मेरो पहिलेदेखिकै लक्ष्य हो,’ अर्चनाले भनिन्– ‘ममीले मलाई सपोर्ट गर्नुभएको हो ।’ सनी लियोनीलाई बिग बोसमा ल्याइएपछि अर्चनामा पोर्नस्टार बन्ने भूत सवार भएको हो । ‘सनी लियोनी मेरी रोल मोडल हुन्’ उनी खुल्लमखुला भन्छिन्– ‘सनीको जस्तै नेकेड फोटोसुट, भिडियो आदि खिचाउने लक्ष्य छ ।’
अर्चनाका अनुसार उनलाई पोर्न मुभीका लागि थुप्रै अफरसमेत आएका छन् । यद्यपि आफू जुनसुकै प्रोजेक्टमा काम गर्न तयार नभएको उनले बताइन् । ‘आँखा चिम्लेर त्यस्तो मुभी खेल्दिनँ,’ अर्चना भन्छिन्– ‘त्यो प्रोजेक्ट, निर्माताहरूको हिस्ट्री, डाइरेक्टर, कलाकार आदि चित्त बुझेपछि मात्र काम गर्छु ।’ यद्यपि उनले नेपाली टिमले नै बनाउन लागेको एउटा मुभीमा काम गर्ने कुरा भैरहेको बताइन् । अर्चनाले त्यसको नाम समेत भनिन्– ‘हनिमुन नाइट ।’
मुम्बईमा जन्मी त्यहीं हुर्किएकी अर्चनाले सानैदेखि कलाकार बन्न चाहेको बताएकी छिन् । सात वर्षअघि मात्र उनको परिवार नेपाल फर्किएको हो । अर्चनाले आफ्ना बुबा अझै मुम्बईकै एक कम्पनीमा कार्यरत रहेको बताइन् । ‘तर, पोर्नस्टार बन्ने कुरामा उहाँ त्यति पोजेटिभ हुनुहुन्न,’ अर्चना भन्छिन् ।
अर्चना नृत्यमा पोख्त भएकी आमा सुनिताले बताइन् । ‘धेरै राम्रो डान्स गर्छे,’ सुनिता भन्छिन्– ‘स्कुलमा छँदा अर्चना नृत्यमा भाग लिन्थि भने उसले एउटा म्युजिक भिडियोमा समेत अभिनय गरेकी छे ।
‘उ स्कुलको प्रोगाममा पनि डान्स गर्थी,’ सुनिता भन्छिन्– ‘त्यहाँ धेरैले उसको ईष्र्या गरे । पिन्सिपलले त नाइन क्लासदेखि नै पढ्न नआऊ भने ।’ अर्चनाले पढ्न चाहे पनि विद्यालयले उनीमाथि पक्षपात गरेको सुनिताको जिकिर छ । अर्चनाले यसपालि एसएलसी दिएर फेसन डिजाइनिङ र एयर होस्टेजको कोर्स गर्ने योजना बनाएकी थिइन् । त्यसपछि मात्र उनलाई पोर्नस्टार बनाउने लक्ष्य रहेको सुनिताले जानकारी दिइन् ।
स्थानीय स्तरमा हुने एक सौन्दर्य प्रतियोगितामा भाग लिएर सेकेन्ड रनरअपको उपाधि जितेकी अर्चनाको क्राउन सहितको तस्बिर पनि फेसबुकमा देख्न पाइन्छ । ‘प्रतियोगितामा भाग लिन आउँदा सामान्य खालकै थिइन्,’ एक सहपाठीले भनिन्– ‘त्यस्तो काम गर्छिन् जस्तो लागेको थिएन ।’ उनले आफ्नो नाम उल्लेख गर्न चाहिनन् ।
Subscribe to:
Post Comments (Atom)


No comments:
Post a Comment