Friday, September 11, 2015

मानवअधिकार आयोगले पत्ता लगायो टीकापुर हत्याकाण्डको रहस्य

काठमाडौँ, भदौ २५ ।  टीकापुर घटनामा माओवादीका पूर्वछापामारहरु प्रयोग भएको पाइएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । आयोगको घटना अनुगमन प्रतिवेदनअनुसार स्थानीय युवा र पूर्वछापामारले हुलहुज्जत गरी हतियारसहित प्रहरीलाई आक्रमण गरेका थिए ।

एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरीको ज्यान जाने गरी भएको टीकापुर काण्डको स्थलगत निरीक्षण गर्न गएको आयोगको टोलीले तयार पारेको प्रतिवेदनमा उक्त तथ्य उल्लेख छ । छापामारहरुले भाला, खुकुरी, बञ्चरोजस्ता घरेलु हतियार प्रयोग गरेका थिए ।

No comments:

Post a Comment