काठमाडौं, भदौ २५ । नेपाल क्रिकेट संघ (क्यान)ले १९ वर्षमुनिको आइसीसी विश्वकप क्रिकेट छनोटका लागि नेपाली टोलीको घोषणा गरेको छ ।
असोज २७ देखि कार्तिक ७ गतेसम्म मलेसियामा हुने छनोट प्रतियोगिताका लागि क्यानले राजु रिजालको कप्तानीमा टोली घोषणा गरेको हो । टोलीमा मलेसियामा भएको एसीसी प्रिमियर लिग खेलेका १५ जनाको टोलीमा ३ खेलाडी थपिएका छन् ।
/>
टोलीमा कप्तान राजु रिजाल, उपकप्तान आरिफ शेख, दीपेन्द्र ऐरी, सुशील कँडेल, शंकर राना, सन्दिप सुनार, सुनिल धमला, योगेन्द्र कार्की, दिपेश श्रेष्ठ, सौरभ खनाल छन् ।
यस्तै, राजवीर सिंह, प्रेम तामाङ, आशिष धामी, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, कुशल भुर्तेल, कमल ऐरी र हिमांशु दत्त पनि टोलीमा परेका छन् ।
विश्वकप छनोट प्रतियोगितामा नेपालसहित आयरल्यान्ड, पपुवा न्यूगिनी, युगान्डा, अमेरिका र आयोजक मलेसिया सहभागी हुँदै छन् ।
प्रतियोगिताको विजेताले अर्को वर्ष बंगलादेशमा हुने यु–१९ विश्वकप क्रिकेटमा सहभागिता जनाउन पाउने छ । -
No comments:
Post a Comment