काठमाडौँ, भदौ, २१ । पछिल्लो समय ढाडे बिरालो बोलको गीतको म्यूजिक भिडियोमा अभिनय गरेर थप चर्चा र बिबादमा तानीएकी हट गायिका ज्योती मगरले आफुले लोक गीत गाएर गलत काम नगरेको बताएकी छिन् ।
पत्रकार ऋषि धमलासँगको कार्यक्रम धमलाको हमलामा गायिका ज्योतीले यो समयको माग भएकाले आफुले गल्ती नगरेको तर यस अघिका गायक गायिकाहरुले पनि लुंगी र पेटीकोट, आदी जस्ता गीत ल्याएको भन्दै आफु बच्च खोजीन् ।
आधी घण्टा लामो कार्यक्रममा ज्योती र धमलाले सेक्स, किस देखि, देखिने र छोपीनेसम्मका कुरा गर्न भ्याए । कार्यक्रमकै दौडानमा ज्योतीले धमलाई तपाइले मलाई किस खानु भएको थियो नी अस्तिनै भन्दा धमलाले रातो हुँदै भने मैले श्रीमतीसँग बाहेक कसैसँग सम्पर्क गरेको छैन ।
तर आफुले हनीमुन भने मनाउन नपाएको प्रस्टाए र अविबाहित ज्योतीलाइृ हनिमुनको अनुभव सोध्न थाले । तर ज्योतीले आफु अविबाहित रहेको तर भर्जिन नरहेको बताइन् ।
कार्यक्रमको अन्त्य तिर ऋषिले ज्योतिलाई तपाइको कतिजना पुरुषसँग सम्बन्ध छ भनेर सोध्दा, कार्यक्रममा धमलाकी श्रीमती बनेकी पल्पसा डंगोलले ज्योतीको छोटो कपडा सज्दै भनिन् यहाँ देखाउन नहुने कुरा छ, छोप्नुपर्छ क्या ।
youtube
No comments:
Post a Comment